Gold
Bangad salyan

जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले आज निर्णय गर्दै

साउन ११,काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ ।

महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको देखीएको छ।

दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो ।

आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा बोलाएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ ।

संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले कमजोर भएको छ । यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ ।

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । आफूतिर रहेका नेताहरु ठाकुरतिर जान सक्ने भन्दै यादव पक्षले आफ्ना सदस्यहरुलाई हिजैदेखि रिसोर्टमा राखेको छ ।