Gold
Bangad salyan

देउवाले सपथ गराईरहे मन्त्रिपरिषद्का अन्य मन्त्रीहरु बसिरहे

साउन ११, काठमाडौं – आइतबार मन्त्रिपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेको तस्वीर अहिले सामाजिक संजालमा भाईरल बनेको छ ।

प्रधानमन्त्री देउवाले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सिंहदरबारमा शपथ गराएका थिए ।

तर शपथ ग्रहण कार्यक्रममा अनौठो दृश्य देखिएको थियो प्रधानमन्त्रीले राजयमन्त्री श्रेष्ठलाई शपथ ग्रहण गराउँदै गर्दा मन्त्रिपरिषद्का अन्य मन्त्रीहरुले भने बसिरहेका थिए ।

सपथ ग्रहण कार्यक्रममा मन्त्रिपरिषद् र अन्य मन्त्रीहरुले न्युनतम शिष्टाचारसमेत पालना नगरेको भनदै अहिले चौतर्फी आलोचना भएको छ । यस्तै श्रेष्ठको नियुक्तिको बिषयलाई लिएर गठबन्धन र नेपाली काङ्ग्रेस पार्टी भित्र विवाद सुरु भएको छ ।