प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डको मन्त्रिपरिषद् विस्तारबारे छलफल
साउन १२, काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।
प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको बताए।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाको मन्त्रिपरिषदमा काङ्ग्रेस र माओवादीबाट गरि ४ जना मन्त्री छन । यस्तै देउवाले केही दिन अगाडीमात्र एक जना स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन जस्को आलोचना भैइरहेको छ ।

