Gold
Bangad salyan

पूर्वमाओवादी नेताको निवेदन हेर्ने फुर्सद छैन : सर्वोच्च अदालत

काठमाडौं – पूर्वमाओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले सांसद पद जोगाउन दिएको रिट निवेदनको सुनुवाई नगर्ने सर्वोच्च अदालतले जनाएको छ।

माओवादी केन्द्रले कारबाही निष्काशन गरेका चार नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वाहली गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास पुगेको रिट निवेदन अहिले हेर्ने फुर्सद नभएको सर्वोच्चले जनाएको हो। पूर्वमाओवादी र नेकपा एमाले अलग भएको बेला उनीहरुले एमालेमा रहदै आउने गरेका थिए।

माओवादी केन्द्रली उनीहरुलाई आफ्नो पार्टीमा फिर्ता आउन पटक पटक पत्र पठाउँदा समेत उनिहरुली अटेर गरेर एमालेलाई साथ् दिएका थिए। त्यसपछि माओवादी केन्द्रले उनीहरुको सांसद पद नरहने गरि कारबाही गरेको थियो। केपी ओलीले उनीहरुलाई मन्त्री बनाएका थिए।

गैरसांसदलाई मन्त्री बनाएपछि सर्वोच्चले उनीहरुको मन्त्रीपद बर्खास्त गरेको थियो। एमालेपनि अहिले दुई धार भईसकेको चाह भने केपी ओलीको सरकार ढलेको छ। हाल उनीहरु न त माओवादी न एमाले भनेर वेवारिसे अवस्थामा छन्। यस्तै एमालेको पार्टी सदस्य नालीएको भन्दै उनीहरुले पूर्वमाओवादीनै रहेको जनाउँदै आएका छन्।