गोरखामा १६ वटा खच्चड र एउटा घोडा मार्ने हिमचितुवा
साउन १५ ,गोरखा – हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा डेढ दर्जन खच्चड र घोडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चराउनका लागि छाडिएका १६ वटा खच्चड र एउटा घोँडा हिमचितुवाले खाएको पाईएको छ।
लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले ‘दुईदिनअघि बुझिमा लामा, आङ्दी लामा र चित्रबहादुर गुरुङको १६ वटा खच्च्ड र एउटा घोडा मारेको वडाअध्यक्ष लोप्साङ लामाले जानकारी दिए ।
केही दिन यता परेको बाढी पहिरोले बाटो अवरुद्ध भएपछि खच्चडले भारी बोक्न नपाउँदा लेकमा चर्न भनेर छोडेकोबेला हिमचितुवाले मारेको पाईएको हो।
जनावर एकलै फेला पारेमा मारेर मासु खाने अर्थात् समूहममा जनवार भेटिए आक्रमण गरेर रगत चुस्ने र मार्ने हिमचितुवाले गर्दछ। यतिधेरै घर पालुवा पशु चौपाया हिमचितुवाले मारिदिएपछि किसानले राहत पाउने नपाउने बारे एकिन नरहेको लामाले बताए।
हिमचितुवा उत्तरी गोरखाका विभिन्न जंगलमा बासस्थान रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । सरकारले यसलाई संरक्षणको उच्च प्राथमिकतामा राख्ने गरेको छ।

