Gold
Bangad salyan

अखिल फोर्सको काठमान्डौमा मोटरसाइकल र्‍याली प्रदर्शन

साउन १६ ,काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षनिकट युवा संगठन अखिल फोर्सले काठमान्डौमा र्‍याली निकाल्दै शाक्ति प्रदर्शन गरेको छ। शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सले र्‍याली निकालेको थियो।

मोटरसाइकल र्‍यालीपश्चात भेला बबरमहलमा कोणसभामा परिणत भएको थियो। अखिल फोर्स बृहत भेलालाई नीता नेपालले सम्बोधन गरेका थिए।

केपी ओली निकट युवासंघ नेपालले युथफोर्स गठन गरेपछि त्यसलाई काउन्टर दिन नेपाल निकटले अखिल फोर्स गठन गरेको थियो।