Gold

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सरकारी तलब भत्ता नलिने घोषणा

Naumule Migrate

साउन १८, काठमान्डौ – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।पारिश्रमिक, आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताएका हुन। सुरक्षाकर्मी भने लिने उनको भनाइ छ।

केही हप्ता अगाडि नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए।

श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए।

सांसद श्रेष्ठ व्यापरि हुन मन्त्री उनलाई मन्त्री नियुक्त गरेपछी पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको तिव्र आलोचना भएको थियो।

Naumule Badhipahiro