Gold
Bangad salyan

केपी ओली कराउदै जान्छन हामि काम गर्दै जान्छौ

साउन ,२२ काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको पक्षमा रहेको तर केपी शर्मा ओलीले आत्मालोचना गर्नुपर्ने उनले बताए।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले जतिसुकै गालि गरेपनि आफूले पार्टी एकातामा जोड दिने बताए। ओलीले जति सुकै गालि गरेपनि मेरी अन्त्यत पार्टी एकताकै जोड हुन्छ उनले भने।

गत असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकासका लागि पर्याप्त नभएको भन्दै थप गृहकार्य हुनुपर्ने नेपालले बताए।

अध्यक्ष ओलीले स्थानीय तहस्तरका पार्टीका अधिवेशन र विधान अधिवेशन तोक्ने निर्णय गरेर आफूखुसी अघि बढेकाले यो कार्य रोक्न सामेत बैठकको माग छ।

यस्तै दुवै पक्षका समानान्तर गतिविधि हुन नहुने बैठकमा प्रस्ताव गरिएको छ ।नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बिहिबादेखि काठमाण्डाैमा सुरु भएको छ। बैठकमा अहिले केन्द्रीय सदस्यको धारणा राख्ने क्रम सकिएर स्थायी कमिटीका नेताले बोल्ने क्रम चलिरहेको छ ।