Gold

दाङमा भाले मरेपछि गाँउनै मलामी गए खोलामा लगेर भालेको अन्तिम संस्कार गरे

Naumule Migrate

साउन ,२२ दाङ- कुखुराको भाले मरेपछि दाङको तुलसीपुरमा एक गाँउ शोक मग्न भएको छ । तुलसीपुर उपमहानगरपालिका,१५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गएर टैवा खोलामा भालेको अन्तिम संस्कार गरेका छन्।

भालेलाई २५ जनाले बोकेर खोलामा लागेका थिए भने भालेका मालिक पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले कपाल मुण्डन गरेका थिए।

सुवेदीका अनुसार उक्त भाले पालेको २० वर्ष भयो ,गत १६ गते भाले मरेको जानकारी पछि गाँउनै जम्मा भएर भालेलाई खटमा बोकेर खोलामा लगेर अन्तिम संस्कार गरिएको हो।

यसमा कुनै त्यस्तो खास कारण नभएको पनि सुवेदीले बताए। उनले एक भाले कति वर्ष सम्म बाँच्छ त भनेर नकाटेर पालेका थिए। तर सच्चिकै भाले २० वर्ष सम्म बाँच्यो यति धेरै सम्म पालेको भाले मर्दा मान्छे मरेकै जति पिडा हुँदो रहे छ उनले भने।

भाले मरेको जानकारी पछि पुरै गाँउनै मलामी आउने कुरा थियो तर सम्भावित कोरोना संक्रमणलाइऐ ध्यान दिएर २५ देखि ५० जना सम्म आउनु भएको थियो उनले भने।

Naumule Badhipahiro