Gold
Bangad salyan

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं- कोरोना महामारीको कारण देखाउंदै कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । ३१ गतेदेखि सञ्चालन हुने भनेको परिक्षा अनिश्चितकाल स्थगित भएको हो।

राष्ट्रिय परीक्षा बोर्डको स्वास्थ्य मापदण्डलाई पालना गर्दै होम सेन्टरमै परिक्षा संचालन गर्ने भनेपनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो।

आजको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो । अब परिक्षा कहिले गराउने भन्ने अनिश्चित छ। अवस्था हेरेर परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ।