Gold
Bangad salyan

संखुवासभा ६ जनाको सामूहिक ह,त्याकाण्ड दोषी अझै पत्ता लागेन ,के गर्दै छ प्रहरी

काठमान्डौ- संखुवासभामा एकै परिवारको ६ जनाको ह,त्या भएको आज सम्म प्रहरिली कुनैपनि दोषी पत्ता लगाउन सकेको छैन। संखुवासभाको मादी नगरपालिका,१, खोला गाउँका एकै परिवारका ६ जनाको विभत्स ह,त्या भएपछि अहिले प्रहरीले स्थानीयसंग सोध पुछ गरिरहेको छ।

घटनाको अनुसनधान गर्ने भन्दै प्रहरीको विभिन्न टोलिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। तर घटनाको दुई दिन बितिसकेपनि घटना कसले र किन घटायो भन्ने कुनै टुंगो लाग्न सकेको छैन।

सोमबार बिहान उम्लिङमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स ह,त्या गरेको अवस्थामा शव फेला प्परेको थियो।

९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशन रहेको पाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताएका छन् । कार्की परिवारले झापामा जग्गा किन्न लागेको थाहा पाएपछि आर्ठीक कारणले हत्या भयोकि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धान भएपनि त्यस्तो कुनै सुइँको छैन।

प्रहरीले तेजबहादुर कार्कीको घरबाट गरगहना तथा नगद सुरक्षित रूपमा फेला पारेको छ। संघीय इकाइ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार कार्की परिवारको घरमा सुनका विभिन्न गर गहना र नगद फेला परेको छ ।

कति रकमको छ भन्ने हामीले तौल गरेका छैनौ तर गर गहन नगद सुरक्षित छन् । नगदको लागि घटना घटेको हो भने त्यस्तो पनि छैन हामि गम्भीर अनुसन्धानममा छौ उनले भने। मंगलबार मुचुल्का उठाउने तथा तालिमप्राप्त कुकुरलाई स्निफिङ (सुँघाउने) काम गरेपछि ६ वटै शवलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको छ।

शवहरू मध्यराति अस्पताल पुगेको प्रहरी उपरीक्षक नवीन राईले बताए। अहिले पोष्टमार्टम सुरू भईरहेको छ। घटना कुनै चिन जानकै व्याक्तिबाट घटेको हुनसाकने पनि प्रहरीले अनुमान गरेको छ। पार्वताबाहेक सबैको शव घोप्टो परेको अवस्थामा फेला परेको छ।

दुई बच्चाको समेत हत्या गरिएको हुँदा कुनै चिनजानकै व्यक्तिले गरेको हो कि भन्ने पाटोबाट प्रहरीको भनाई छ। घटनापछि तेजबहादुरका छोरा नरेश दुबईबाट नेपाल फर्किएका छन्। उनी गएराति धरान आइपुगेको मृतकका आफन्तले बताए। पोष्टमार्टम सकिएपछि आजनै उनीहरूको दाहसंस्कार गर्ने तयारी भइरहेको पनि मृतकका आफन्तले बताएका छन्।