Gold
Bangad salyan

गुर्भाकोट नगरपालिकामा १८० जनाले नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश प्रमुख सचेतक बिष्टले गरे स्वागत

भदौ २७ ,सुर्खेत – कर्णाली प्रदेश गुर्भाकोट नगरपालिका ११ मा १८० जनाले नेपाली कांग्रेस र एमाले परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरुले वडान ११ मा पूर्व एमाले नगरकमिटि सदस्य श्री बहादुर साहि र युवा नेता कमरेड दिपक शाही ज्युको विशेष नेतृत्वमा ४२ घरधुरीका १८० जनाले माओवादीमा प्रवेश गरेका हुन्।

पार्टी परित्याग गर्नेहरुमा लेखशुर्मामा २५ घर,आपगैरामा १० घर र मनोज बोटेको नेतृत्वमा औलसुर्मा ४ घर ,बर्मागारमा २ घर गरि ४२ घरधुरि छन्।

नव प्रवेशीहरुलाई कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र )संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले स्वागत गरेका हुन्। यस्तै कार्यक्रममा नगर कमिटी अध्यक्ष मोति बि क ,र सचीव यज्ञ बिकको पनि उपस्तिथिति थियो।