Gold
Bangad salyan

एमालेको निरन्तर अवरोध पछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाए

भदौ २७ ,काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरेपछि कुनै निकास खोज्न सभामुखले सोमबारका लागि बैठक बोलाएका हुन्।

सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सोमबार दिउँसो २:३० बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन्। एमालेले आज पनि बैठक अवरोध गरेको छ।

सभामुखले संसदीय भूमिका नअपनाएको भन्दै एमालेले निरन्तर संसदमा नाराबाजी गरेर बैठक अवरोध गर्ने गरेको छ। एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै आईरहेका छन् ।