Gold
Bangad salyan

चाड पर्वमा नक्कली नोटको बिग बिगी दुई जना प,क्राउ

असोज २ ,काठमाडौं – नेपालमा विभिन्न समयमा नक्कली नोटको फेला पर्ने गरेका छन्। यसतै अहिले बडा दशैँ नाजिकिदै गर्दा फेरी नक्कली नोट ओसार पसार गर्नेहरु समतिना थालेका छन्।

औरही बजारबाट नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान, रु.२० का आठ थान, रु.१० का ११ थान, रु.५ का छ थान र भारु १०० का तीन थान नोट बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ।