Gold
Bangad salyan

दार्चुलामा भर्खरै गयो ठुलो भूकम्प

असोज ४ काठमाडौं- दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सोमबार दिउँसो साढे ४ बजे ४ दशमलव २ रेक्टर स्केलमा भूकम्पको धक्का महसुस गरिएको छ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ।थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।