Gold
Bangad salyan

समयमा वडा अध्यक्ष नआएपछि सुर्खेतको वडा कार्यालयमा आगजनि

असोज ७, सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ को वडा कार्यालयमा आगलागी गरिएको छ । हिजो बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ ।

आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ। कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिए ।

वीरेन्द्रनगर वडा नं १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई फोन गरेका थिए । १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न भनेका थिए ।

उक्त समयमा म एउटा कार्यक्रममा भएकोले केही समय लाग्ने हतार भए कागज लिएर आउनु भनेर फाेन राखेको थिए । केही समयमा त कार्यलयमा आगलागी भयाे भन्ने खबर आयो वडाध्यक्ष सुनारले भने ।