अब फेरि झ्याम्म हाम फाल्न मन छ : प्रचण्ड
असोज ७,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफु समाजवादी क्रान्तिका लागि ज्यान छोडेर हामफालेको बताएका छन्।
वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले हिजो पनि आफु पटक–पटक हामफालेको र अब फेरि एकचोटी सच्चिएर समाजवादी क्रान्तिका लागि हाम फाल्ने बताएका हुन् ।
मत एकचोटी फेरि हाम्फाल्छु, हिजो जनयुद्धमा हामफालेँ, अर्कोपटक शान्ति प्रक्रियामा हामफालेँ, त्यसपछि संविधान बनाउन र पार्टी एकतामा हामफालियो ।
अब फेरि समाजवादी क्रान्तिको निम्ति म चाहीँ हामफालेँ फालेँ अब’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको भने ।
यस्तै उनले पहिला आफैलाई करेक्सन गर्दै जाने पनि बताएका छन ।
‘सबैले अरुले विगार्यो, यो फटाहा हो भन्नु भन्दा मैले के बिगारेँ भनेर सोच्न थालियो भने त्यहीबाट रुपान्तरण सुरु हुन्छ’ ।प्रचण्डले माओवादी नेता कार्यकर्तालाई सच्चिन समेत आग्रह गरेका छन।
भ्रष्टाचार गरिएको छ, ठगठाग खुब गरिएको छ । ठेक्कापट्टा पाउन मरिहत्ते, कमिसन खान मरिहत्ते गर्ने अनि म बिग्रेको छैन भन्ने प्रवृत्ति बढेको छ, यस्तो हुँदा माओवादी पार्टी क्रान्तिकारी नहुने पनि उनले बताए ।
अब बन्छु भनेर सुरु गरियो भने सबै बन्छन् । त्यसपछि क्रान्तिकारी पार्टी बन्छ । त्यसो भएर म चाही हामफालेँ अब । कति वर्ष बाँचिन्छ । पुरै ज्यान छोडेर समाजवादी क्रान्तिका निम्ति युवाहरुको नेतृत्व गर्छु म प्रचण्डले भने ।

