Gold
Bangad salyan

सोनिका र क्रिकेटर विनोदले विहे गर्दै

असोज ७,काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र सञ्चारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन ।

भण्डारी र अर्यालले बुधबार काठमाडौंमा ‘इनगेजमेन्ट गरेका हुन ।कार्यक्रममा दुवैतर्फका परिवार उपस्थित थिए ।आउने दशैँमा विवाह गरिने अर्यालले बताईन।

हिमालय टेलिभिजनमा पाँच वर्षअघि ‘क्रिकेट एण्ड मोर’ कार्यक्रम चलाउँदादेखि नै दुई जनाबीचको प्रेम सम्बन्ध सुरु भएको थियो ।

सन् २००९ को एसीसी टि-२० बाट नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका बिनोद नेपाली टिममा हाल नियमित विकेटकिपर ब्याट्सम्यान हुन् ।

सञ्चारकर्मी अर्याल भने हाल ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्छिन् । उनले यसअघि हिमालय टेलिभिजन र एपीवान टेलिभिजनमा काम गरिसकेकि छिन ।