ग्राहकको २७ लाख चोर्ने बैंकका कर्मचारी पक्राउ
असोज ७, इटहरी : किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा बैंकका कर्मचारी पक्राउ परेका छन।
इलामका केशव राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ग्राहकको २७ लाख पैसा निकालेका थिए।
पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा गरेर उनले २७ लाख रुपैयाँ झिकेका थिए।
प्रहरीले उनलाई इटहरी ४ स्थित तुलसा टोलबाट पक्राउ गरेको जनाएको छ ।
उच्च अदालत विराटनगरले उनीविरुद्ध पक्राउ गर्न पुर्जी जारी गरेलगत्तै उनी फरार भएका थिए।
पक्राउपछि ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिएका ।

