काठमाडौको कपुर धारामा एक घरमा पेस्तोल फेला
काठमाडौं- काठमान्डौ महानगरपालिका,२६ कपुर धारा स्थित एउटा घरमा खानतलासी गर्दा पेस्तोल फेला परेको छ ।
मुना श्रेष्ठको घरमा बस्ने मिलन कुमार राईको डेरा खानतलासी गर्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। मिलन सोलुखुम्बु देउसाका रहेको खुलेको हो।
करिब ७ महिनादेखि सम्पर्क विहिन रहेर डेरा भाडा समेत नतिरेपछि घरधनीको आग्रहमा वडा कार्यालयले कोठा खाली गर्न खानतलासी गरेको थियो ।
कोठा तलासी गर्दा एक थान पेस्तोल, म्याग्जीन र ४ राउण्ड गोली भेटिएको छ । पेस्तोलबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।