रुघा खोकी लागेर ३० बाख्रा मरे

कार्तिक १० ,दाङ- दाङमा झाडा पखाला लागेर किसानका ३० बाख्रा मरेका छन्। तुलसीपुर उपमहानगरपालिका,१३ फुलबारीमा खसी बाख्रामा झाडा पखालाको प्रकोप देखिएको हो।

खसी बाख्रामा ज्वरो आउने रुघा खोकी लाग्ने र झाडा पखालाले ६ जना किसानका ३० वटा खसी बाख्रा मरेका हुन्। दुई साताको अवधिमा उक्त संख्यामा खसीबाख्रा मरेको र अझै थप बाख्रा बिरामी भएको बाख्रापालक किसान गोविन्द सुवेदीले जानकारी दिए।

केसीका अनुसार खसीबाख्रामा केही दिनदेखि पखालाको समस्या देखिएको थियो। उक्त समस्या देखिएको केही दिनमा नै सबै खसीबोका मरेको हुन् ।

स्थानीय किसान हिरामती चौधरीको चार वटा खसी र सात वटा बाख्रा गरी ११ वटा, लालबहादुर चौधरीको २ वटा बाख्रा, शान्ता चौधरीको ६ वटा बाख्रा, बलविर चौधरीको ४ वटा बाख्रा, मनोज चौधरीको ४ वटा बाख्रा र पूर्णबहादुर चौधरीको २ वटा बाख्रा मरेको उनले जानकारी दिए।

धमा धाम खसी बाख्रा बिरामी हुँदै मर्न थालेपछि किसन चिन्तित भएका छन्। चिसो समय र पानीमा भिजेको कारण खसी बाख्रा मर्न थालेको प्शु सेवा शाखा तुलसीपुरका शाखा अधिकृत सुवास आचार्यले जानकारी दिए। यस्तो आवस्थामा खानपान, औषधोपचार र स्याहारमा विशेष ख्याल गर्नु पर्ने उनले बताए। बिरामी बाख्राका किसानलाई भेटेर औषधि उपचार र स्याहारमा ध्यान दिन आग्रह गरिएको पनि आचार्यले जनाए।