पाल्पाकि एक महिलाले एकै पटक चार छोरी जन्माईन

कार्तिक १० पाल्पा – पाल्पाकि एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकि छिन। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो चार छोरी जन्माएकी हुन्।

गर्भवती भएको सात महिनामा उनले चार शिशु जनमाएकि हुन्। भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार सबै शिशुको तौल एक किलोभन्दा केहि थोरै मात्र बढी भएकाले सबैको आइसियूमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार शिशुहरूको तौल एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राम छ।साढे दुई किलोको शिशुलाई सामान्य मानिन्छ। यी चारै शिशु स्वस्थ रहे पनि तौल कम भएकाले एनआइसियुमा राखी उपचार गरिएको गुरुङले बताए।

विवाह भएको सात वर्षमा पहिलोपटक सीता गर्भवती भएको उनका उनका श्रीमान सन्तोष सार्कीले बताए। श्रीमती गर्भवती भएपछि उनले पटक पटक अस्पताल लैजाने गरेका थिए।

कात्तिक ६ गते भैरहवा मेडिकल कलेजमा एकपटक भिडिओ एक्सरे गर्दा तीन बच्चा देखिएको चिकित्सकले उनलाई बताएका थिए। तर मंगलबार दिउँसो उनले चार छोरी जनमाएकि हुन्। उनका श्रीमान सन्तोष सार्कीले पाल्पामा जुत्ता पसलमा काम गर्ने गर्दछन।