Gold
Bangad salyan

रुकुम पश्चिम चौरजाहारीका शिक्षक कुमाललाई नवलपुरका विद्यार्थीले यसरि गरे बिदाई

कार्तिक १२ नवलपुर – शिक्षक मान बहादुर कुमाललाई विद्यार्थीले स सम्मान बिदाई गरेका छन्।उनलाई श्री तिन कन्या आधारभूत बिद्यालय बुलिडटार ४ नवलपुरका विद्यार्थीले फूल -माला र अबिरले स्वागत गर्दै स सम्मान बिदाई गरेका हुन्।


शिक्षक कुमालले उक्त विद्यालमा करिब दुई बर्ष अध्यन अध्यापन गरेका थिए। दुइ वर्षको अवधिमा आफ्नो जिम्मेवारी पुरा गरेका कुमालले बिद्यालयको शिक्षामा परिवर्तन गराउन सफल भएको भन्दै विद्यालयले सम्मान पत्र उपलब्ध गराएको छ।

यस्तै आफुले दुई बर्ष विद्यार्थीहरु संग सधै खुशीका साथ कलासमा उपस्थिति हुने गरेको र अहिले बिदाई हुनुपर्दा आफू निकै दुखि भएको कुमालले बताए। कुमाल रुकुम पश्चिम चौरजाहारी नगरपालिका वडा नम्बर ३ निवासी हुन्।