Gold
Bangad salyan

काठमाण्डौका व्यस्त बजारमा तिहारको किनमेल गर्ने हरुको भिड भाड बढ्यो

काठमान्डौ – काठमाण्डौको व्यस्त बजारमा तिहारको किनमेल गर्ने हरुको भिड भाड बढेको पाईएको छ। व्यस्त शहर न्यूरोड,दरबारमार्ग ,ठमेल असन लगायत अन्य शहरमा लक्ष्मी पुजा र तिहारको सामान किन्नेको घुईचोनै देखिने गरेको छ।

भाइ टीकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई खुवाऊने परिकारहरु बनाउने सर समान ,माला ,सप्तरंगी टिका ,लत्ता कपडाहरु दिदि बहिनीहरुले किन्ने गरेका छन्। यस्तै दिदि बहिनीहरुले आज अत्यधिक मात्रामा भाइ मसला किन्ने गर्दछन।

जसमा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिच लगायत मिसाईएको हुन्छ। काठमाडौंको न्यूरोड, असन लगायतका सडक पेटीहरुमा भाइ मसला किन्नेको भीड लागेको देख्न सकिन्छ। भई टिका पर्सि २० गत्ते रहेको छ आज तिहारको तेस्रो दिन लक्ष्मी पुजा गरिएको छ।