आज गोवर्धन र हलि पूजा गरिँदै
कार्तिक १९ ,काठमान्डौ – आज तिहारको चौँथो दिन आज गाई, गोरु र हलो जुवाको पूजाआजा गरिएको छ। आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धनको पूजा गरिन्छ। यस्तै आज गाई गोरुलाई मिठो खाने कुरा खुवाउने गरिन्छ। यस्तै कृषकले आज हलो जुवामा फुल माला लगाएर पूजा गर्ने गर्दछन।
गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ ।स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

