सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिरे विचौलियाका नाइके कुर्सी छोड’ भन्दै नाराबाजी

काठमाडौँ – सर्वोच्च अदालत परिसरभित्र वकिलहरु छिरेर विचौलियाका नाइके कुर्सी छोड’ भन्दै नाराबाजी गरेका छन्।

नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा बारको भवनबाट सर्वोच्च छिर्ने क्रममा प्रहरीले उनिहर्रुको माईक खोसेको थियो।

प्रधानन्यायाधीशविरुद्ध चर्को नाराबाजी गर्दै वकिलहरुले तत्काल राजीनामा दिनुपर्ने दबाब दिदै आईरहेका छन्। उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

प्रहरीले माईक खोसेपनि अरु पनि माईक आउछन हाम्र्रो आवाजलाई कसैले दबाउन सक्दैन नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले भने। वकिलहरुले अदालतको मुख्य गेटभित्र अहिले धर्ना दिइरहेका छन् ।