surkhet

सरकारले बाह्य टेलिभिजन उद्घाटन गर्नु गैरकानुनी : प्रवक्ता ज्ञवाली

surkhet

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन ।

प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्नसमेत गरे ।

आज आइतवार प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले काठमाण्डाैका आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यममा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरू स्वागत गर्न नसकिने स्पष्ट पारेका हुन ।

Dailekh
Gorkha

गत मङ्सिर ३ गते भारतीय योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाण्डाैमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन । प्रधानमन्त्री देउवाले टेलिभिजन संचालनको लागि सरकारले जग्गा समेत उपलब्ध गराउने बताएका छन ।

प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको ती दुई च्यानल कानुनसम्मत छैन्न। ती च्यानल नेपालको कानुन विपरीत राष्ट्रिय हितभन्दा फरक ढङ्गले सञ्चालनमा आएको ज्ञवालीले प्रतिक्रिया दिएका हुन ।

प्रवक्ता ज्ञवालीले ती टेलिभिजन च्यानलबारे विस्तृत रूपमा छलफल गर्ने जानकारी दिए । उनले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरूले सधैँ स्वागत गर्ने बताएका छन।

salyan