सरकारले ३१ सय बढी विदेशीलाई देश निकाला गर्यो
मंसिर , ६ काठ्मन्डौ – सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ ।
पछिल्लो ८ बर्ष यता अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।
त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन् ।
यसतै विभिन्न अपराधमा संलग्न भएका, भिसाको म्यान गुज्रिसकेका र शङ्कास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ ।
यो वर्ष मात्र भिसा सकिएर बस्ने एक सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।