Gold
Bangad salyan

घनश्याम भूसालले दिए उपाध्यक्षमा उम्मेदवारी

मंसि १३ ,काठमान्डौ – नेकपा एमालेका नेता घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रबाट सर्वसम्मत भन्दै नामावली प्रस्ताव गरिए पनि नेता घनश्याम उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।

आइतबार राति केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली प्रस्ताव गरेका थिए । उक्त प्रस्तावित कमिटीमा भूसाल पदाधिकारीमा अटाएका छैनन् ।

उनले सोमबार बिहानै उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । भूसालले यसअघि नै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका थिए ।