अनलाइनहरुलाई पनि सरकारी विज्ञापन: अर्थमन्त्री शर्मा
मंसिर १३ ,काठमान्डौ – अर्थमन्त्री जनार्दन शर्माले चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका हुन्।
मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताए । उनले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाँडै प्रक्रिया अगाडि बढ्ने बताए ।
सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ ।त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन् ।
कार्यविधि र मूल्यांकनको काम अगाडि बढाउन प्रेस सेन्टरले वातावरण बनाउनुपर्छ । यो कामको सुरुवात गर्न प्रेस सेन्टरलाई आग्रह छ । अन्य पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरूको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको छ मन्त्री शर्माले भने ।