Gold
Bangad salyan

उपाध्यक्षमा घनश्याम भुसाल पराजित

मंसिर १४ , काठमान्डौ – नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षको उमेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन्। उपाध्यक्षका लागि ६ जनाको उमेद्वारी परेको थियो।

उनको पराजयसँगै दसौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ निर्वाचित भएका छन्। पदाधिकारी छान्ने जिम्मा पाएका केपी ओलीले घनश्याम भुसालबाहेकको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा असन्तुष्टि जनाउँदै भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।

ओलीक विस्श्वासपात्र सुवासचन्द्र नेम्वाङ वरिष्ठ उपाध्यक्षका दाबेदार थिए। तर ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएपछि उनी उपाध्यक्षमा सीमित भएका थिए। त्यस्तै विष्णु पौडेल पनि महासचिवका दाबेदार थिए। ओलीले शंकर पोखरेललाई महासचिवमा राखेपछि उनी बढुवा भएर उपाध्यक्ष बनेका छन् ।