तनहुँमा गोलि लागेर एक युवकको मृत्यु
मङ्सिर ,२० पोखरा – तनहुँमा गोलि लागेर एक युवकको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिका,१ थप्रेकका १७ वर्षीय रोहित मल्लको गोलि लगेर मृत्यु भएको हो।
आइतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिए।
शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा दुईजना सिकार खेल्न गएकोबेला घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।

