ओमिक्रोन संक्रमन फेला परेपनी लकडाउन नहुने
मंसिर, २० काठमान्डौ – नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपनि सरकारले अब लकडाउन नगर्ने भएको छ ।
ओमिक्रोन फेला परेसंगै बरु जोखिमलाई साबधानी अपनाउने तर लकडाउन नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
कोरोना भाइरसको नयाँ प्रजातिको आमिक्रन नेपालमा पनि भेटिएपछि त्रास फैलिइरहँदा सरकारले भने लकडाउन नगर्ने भएको हो ।
बरु खोपको अभियानलाई बढाउँदै लाने र खोप नलगाएकालाई कडाई गर्नेतर्फ सरकारले तयारी गरिरहेको बुझिएको छ ।
यस्तै नेपालमा ओमिक्रोनको संक्रमण देखीएपछि नागरिकले सिमा नाकामा कडाई हुनुपर्ने बताएका छन ।
सरकारले तत्काल सिमानाकामा कडाई गर्नुपर्ने र स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने उनिहरुले बताएका छन ।