म सभापति भए भने सबैलाई समेटेर लैजान्छु: रामचन्द्र पौडेल
काठमान्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै नेता तथा कार्यकर्ताहरूलाई चुनाव पछि को सभापति बन्ने वा न बन्ने आजै टुङो लगाउनु पर्ने बताएका छन ।
पौडेल निवासमा हिजो साझा उमेदवार तय गर्न महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह शेखर कोइरालाबीच उनले यस्तो बताएका थिए ।
उनले चुनावपछि कसले पार्टी सञ्चालन गर्ने, को प्रधानमन्त्री बन्ने लगायतको विषयमा अहिले सहमति गरेर अघि बढ्ने प्रस्ताव पनि राखेका हुन।
नेता पौडेलले सभापतिमा आकांक्षी चारजनामध्ये को बलियो छ भनेर अन्य नेता तथा कार्यकर्ताहरूलाई सोधेपछि थाहा हुने समेत बताएका थिए ।
बैठकमा उनले सभापति बनेर तीन तहको चुनावबाट पार्टीलाई बलियो बनाउने र सभापति पद तीनमध्ये एकलाई सुम्पने प्रतिबद्धता गरेको श्रोतको दाबी छ ।
सभापति भए भने सबै समेटेर लैजान्छु । म चुनावपछि सभापतिमा बस्दिनँ पनि । को बस्ने आजै टुङ्गो लगाऔँ,” पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो,“बरु चुनावपछि को कहाँ कुन पदमा बस्ने आजै सहमति गरौँ।फाईल तस्वीर ।

