देउवालाई जिताउन डडेलधुराबाट आएका महिला प्रतिनिधिहरुले यस्तो भने
मंसिर २८,काठमाण्डाै – कांग्रेस सभापतिको चयनका लागि फेरि मतदान हुने तयारि भैइरहेकोबेला राष्ट्रिय सभा गृह बाहिर शेरबहादुर देउवा पक्ष शेखर कोईरला पक्षमा नारबाजी चलिरहेको छ ।
समर्थकले आ आफ्ना नेतालाई सभापतिमा जिताउन माग गरेका छन । शेखरदाईलाई सम्मान देउवाजिलाई मतदान शेरबहादुर देउवा जिन्दावाद , डेडेलधुरा के भन्छ देउवाजिलाई ले भन्छ जस्ता उनिहरुले नारा लगाएका छन।
काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत पहिलो चरणमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।
सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात २३ सय ४० मत आवश्यक थियो ।
तर, सभापतिका प्रत्यासी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन । ५० प्रतिशत कटाउन देउवालाई ८२ मत कम पर्यो। कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरे ।
आजै साढे ३ बजेबाट पुनः मतदान गर्ने निर्वाचन समितीले जनाएको छ।

