विदेश जान हिडेका ९ जना काठमान्डौबाट सामूहिक बलात्कारको आरोपमा पक्राउ
काठमान्डौ – गोङगबु बसपार्कमा भएको सामूहिक बलात्कारमा संलग्न ९ जना पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस, मुगुका हस्त नेपाली र चन्द्र साउद छन् ।
यी सबै बैदेशिक रोजगारमा जानका लागि काठमान्डौमा आएका थिए ।उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीकाअनुसार उनीहरुविरुद्ध उजुरी परेपछि ७ जनालाई मंगलबार र १ जनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।
पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

