Gold
Bangad salyan

नारायणहिटी दरबार संग्रहालय भित्र बतासले बनाएको होटेल भत्काईयो

काठमान्डौ – नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको कफी सपको संरचना भत्काइएको छ ।

शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी सप भत्काएको हो ।

नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले कफी सप बनाएको र होटेल संचालन गर्ने भन्ने कुरापच्छी चौतार्फी विवाद बनेको थियो। शुक्रबार समितिले बाहिरबाट मजदुर बोलाएर समितिले निर्माण गरेको पक्की संरचनाबाहेकका संरचना भत्काईएको हो।

बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्सापासबिनै बनाएको सो संरचनालाई नारायणहिटी दरबार संग्रहालयले समेत अन्देखा गरेर बसिरहेको थियो ।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मन्त्रीको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै सो संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो ।

बताससँग कफी सप राख्ने विषयमा भएको सम्झौताबारे छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिले ३ दिनभित्र प्रतिवेदन दिने बताइएको छ ।