लिभिङ टुगेदरमा मृत्यु परिणाम
पुष २३ ,काठमान्डौ – बिहे नगरी लिभिङ टुगेदर’ बसेका एक युवक र युवती बुढानिलकण्ठ नगरपालिकाको कपनमा ‘ मृत फेला परेका छन्।
शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएराति मृत अवस्थामा भेटिएका हुन्। उनीहरु पब्जी खेल्नेक्रममा नजिकिएका थिए।उनीहरुलाई चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा आफन्तले पुर्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको हो।
घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताएका छन्।
युवतीको शरिरभरी धारिलो हतियार प्रयोग भएको पाइएको छ भने युवा घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट प्रहरीले धारिलो हतियारसमेत बरामद गरेको छ।

