माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना पुष्टि

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना पुष्टि भएको छ। प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पार्टी कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष दाहाल भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बस्दै आएका थिए ।

कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको छ । यस्तै पार्टीका नेता नारायणकाजी श्रेष्ठलालाई पनि कोरोना संक्रमन देखीएको श्रोतले जनाएको छ।