Gold
Bangad salyan

कोरोना संक्रमित दैनिक बढ्दै आज ९४४ जना थपिए

पुस २४ काठमाडौं,- नेपालमा दैनिक जस्तो कोरोना साक्रमण बढेको पाईएको छ। नेपालमा आज मात्र ९४४ जना कोरोनाका बिरामी थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ९ हजार ७६२ जनाको पिसिआर परीक्षण र ३ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै गत २४ घन्टामा २९७ जना निको भएका छन्। हाल नेपालभरिमा सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ। गत २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु भने कसैको नभएको मन्त्रालयले जनाएको छ।