Gold
Bangad salyan

महिनावारी हुँदा प्रयोग गरिने प्याडमा सरकारले कर लगाएको भन्दै फिर्ता लिन प्रदर्शन

ललितपुर – सेनिटरी प्याडको कर खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन गरिएको छ। महिनावारी हुँदा प्रयोग गरिने प्याडमा सरकारले कर लगाएको भन्दै फिर्ता गर्नुपर्ने मागसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

‘रातो कर माफ गर’ अभियन्ताहरुले शनिबार ललितपुरमा प्रदर्शन गरेका हुन्। जावलाखेलस्थित भलिबल प्रशिक्षण मैदान अगाडि गरिएको प्रदर्शनमा सहभागीले ‘रातो कर बन्द गर’, ‘रातो कर माफ गर’, ‘हाम्रो महिला राष्ट्रपति कहाँ हुनुहुन्छ ?’ जस्ता सन्देश लेखिएका प्लेकार्ड, व्यानर बोकेर प्रदर्शन गरेका छन्।