Gold
Bangad salyan

अज्ञात रोगका कारण गाँउभरका पशु चौपाया मरे पछि किसान चिन्तित

पुष २९ ,सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा अज्ञात रोगका कारण धमा धम पशु चौपाय मर्न सुरु गरेपछि किसान चिन्तित बनेका छन्।

चौतारा सागाचोगढी नगरपालिका वडा नम्बर २ बतासेमा फैलिएको अज्ञात रोगले हाल सम्म दर्जन बढी पशु चौपाय मरिसकेका छन् भने धेरै पशु चौपाय बिमारी परेको स्थानीय बताउछन।

एक सात देखि पशु चौपाय मर्न सुरु गरेको स्थानीय कृष्णबहादुर थापाले बताए। उनका अनुसार चौपायाको मुखबाट र्‍याल आउने, काप्ने, छटपटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, मुखमा घाउ हुने, र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेका छन् ।

मर्ने क्रम नरोकीएको र गाँउभरका अधिकांश चौपायामा संक्रमण देखिएको छ भने बाख्रा भैंसीमा समेत यो रोग देखिने र मर्ने गरेका छन्। तत्काल रोग पत्ता लगाएर उपचारतर्फ गम्भीरता देखाउन स्थानीय पशुपालकले आग्रहसमेत गरेका थिए ।

मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिले थाहा भई नसकेको र खोरेत लागेको हुनसक्ने पशुपालक किसानको अनुमान छ ।पशु चौपाया मर्ने र बिरामी भएको भन्ने खबर आएलगत्तै सो रोग नियन्त्रणका लागि स्वास्थ्य टोली शुक्रवार पठाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।