एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना

माघ १ ,काठमान्डौ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। पौडेलले शनिबार कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको पनि उनले बताए। पछिल्लो केहिदिनयता कोरोनाको ग्राफ बढ्दो क्रममा रहेको छ।