मधेस प्रदेशमा आज सार्वजनिक विदा

काठमान्डौ – मधेस प्रदेशमा आज विदा दिईएको छ । नाम र राजधानी तोकिएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।

हिजो मतदान प्रक्रियाबाट बहुमतले पारित प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो ।प्रदेश-१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन । यसअघि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुङ्गो लागिसकेको छ ।

यी प्रदेशको नाम पुरानै दोहोरिएको र मधेश प्रदेशले मात्रै मौलिक नाम राखेको भन्दै चर्चा भइरहेको छ ।