Gold
Bangad salyan

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना पुष्टि पछि अस्पताल भर्ना

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको पारिवारिक श्रोतले जनाएको छ।

पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनलाई निमोनियासमेत देखिएको छ ।उनको अवस्था अहिले सामन्य रहेको पनि श्रोतले जनाएको छ।

सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी -पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन् ।फाइल तस्वीर