एमाले नेता महेश बस्नेत जेल जाँदै

माघ ११,काठमान्डौ – नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत आज जेल जाँदैछन् । उनी दिउँसो २ बजे जेल जाने भएका हुन् ।

बस्नेत कुनै अपराधको कसूरमा या अभियोगमा जेल जान लागेका भने होइनन ।उनी जन्मदिन मनाउन जेल जान लागेका हुन् ।

सुन्धारास्थित महिलाहरु रहेको कारागारमा बस्नेतले विशेष सहयोग गर्न लागेका हुन् । उनले महिला कैदीबन्दीका लागि खानेकुरा, लत्ताकपडालगायतका सामाग्री वितरण गर्ने भएका छन् ।