बाबुराम भट्टराईलाई दुई पटक कोरोना संक्रमण

माघ १२,काठमाडौं,- जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

आफूलाई कोरोना संक्रमण भएको कुरा भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन । उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।

भट्टराईले लेखेका छन् – ‘सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ! ळक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।