Gold
Bangad salyan

एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश

माघ १३,काठमान्डौ – नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन।उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा स्वागत गरेका हुन।

सिलवाल एमालेका पुराना नेता हुन् भने उनी ललितपुर जिल्ला कमिटीका पूर्व उपाध्यक्ष पनि हुन् ।सिलवाल पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । ओली तिरका नेता कार्यकर्ता आज भोलि धमा धम नेकपा एसमा प्रवेश गर्ने गरेका छन।