Gold
Bangad salyan

हावाहुरीले तराईमा तिन जनाको मृत्यु

जनकपुरधाम – हावाहुरीले तराई मधेश प्रदेशमा दुई विद्यार्थी साहित् तिन जनाको मृत्यु भएको छ। धनुषाको सबैला नगरपालिका- १२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषा सबैलाको महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमा कुमारी सदा र चन्देश्वर सदाका ७ वर्षीय छोरा अरविन्द सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

त्यस्तै हावाहुरी र अविरल वर्षामा परी रौतहटमा एक जना महिलाको घरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रवार दिउँसो करिब १२ बजे बौधीमाई नगरपालिका १ अजगैबी निवासी राम मंगल राय यादवको श्रीमती ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको हो।