Gold
Bangad salyan

पासपोर्ट बनाईदिने भन्दै रकम लिएर भाग्ने पक्राउ

माघ २१ काठमान्डौ – राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा प्रहरीली एक जनालाई पक्राउ गरेको छ। सुनसरी इटहरी उपमहानगरपालिका-५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएपछि प्रहरीले उनको खिजी गरेको थियो। सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको जनाको छ।

पक्राउ परेका उनलाई ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।